Section 9
अनुमतिपत्रको अवधि र नवीकरण
(१) अनुमतिपत्रको अवधि दफा १० बमोजिम अगावै खारेज भएमा बाहेक अनुमतिपत्र दिएको मितिले दुई वर्षसम्म कायम रहनेछ ।
(२) अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा अगावै सम्बन्धित स्वास्थ्य संस्थाले तोकिए बमोजिमको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र नवीकरणको
लागि समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम दरखास्त परेपछि समितिले तोकिएको प्रक्रिया पूरा गरी प्रत्येक पटक दुई वर्षसम्मका लागि अनुमतिपत्रको अवधि नवीकरण गरिदिनेछ ।
(४) उपदफा (३) बमोजिम नवीकरण नगराएको अनुमतिपत्र स्वतः खारेज हुनेछ ।